सञ्चालकको कलमबाट

पत्रकारिता क्षेत्रको लामो विश्रामपश्चात पुन अनलाइन (abadharana.com) मार्फत यहाँहरुमाझ उपस्थित हुने प्रयास गरिएको छ । विगतमा जन पृष्ठभूमि साप्ताहिक, नेपालभूमि साप्ताहिक तथा युगसन्दर्भ मासिक जस्ता पत्रिकाहरु प्रकाशित गर्दा यहाँहरुबाट प्राप्त गरेको न्यानो माया र सद्भावबाट प्रेरित भई पुनः यहाँहरुसँग अनलाइन (abadharana.com) मार्फत यहाँहरुसँग जोडिने प्रयास गरिएको छ । आशा छ यहाँहरुले फेरी पनि विगतमा झैँ अगाध मायासहित सल्लाह सुझाव र थप प्रेरणा प्रदान गर्नुहुनेछ ।

स्वाभाविक रुपमा मानव जाति समयसापेक्ष परिचालित हुने गतिशील प्राणी हो । त्यसैले पनि मानिसले आफ्नो जीवनमा आइपर्ने हरेक संघर्षहरुमा आपूmलाई उभ्याउँदै तिनै संघर्षबाट पाठहरु सिक्दै उज्वल भविष्य निर्माणको कल्पना गरेर आपूm र समाजलाई अग्रगामी रुपान्तरणको अभियानमा समाहित गर्नु आवश्यक छ । मान्छेको सोच÷विचार सबैको एउटै हुँदैन, त्यसैले त हाम्रो समाजमा विभिन्न सोच र विचार÷चिन्तन भएका मान्छेहरुको उपस्थिति रहेको पाइन्छ । फरक राजनीतिक विचार, व्यवहारिक क्रियाकलाप, सामाजिक सहभागितामा अग्रसरता, नाफामूलक जीवन जिउन चाहनेहरुको बाहुल्यता, आपराधिक सोचले भरिएका मानवरुपी जन्तुहरुको दिनाचार्य आदि सबै सबै खाले मान्छेहरु हामीहरुको बिचमा बाँचिरहेका छन् । तसर्थ हामीले यी सबैखाले मान्छेहरुको बिचमा आपूmलाई राष्ट्रको एउटा असल नागरिक, सामाजिक÷राजनीतिक रुपान्तरणमा वैज्ञानिक सोचसहित उपस्थित गराउनु अत्यन्त आवश्यक छ । यिनै विभिन्न परिस्थितिको वाबजुद सञ्चार क्षेत्रमा रहेर वदलिँदो परिवेशलाई समयसापेक्ष रुपमा सत्य तथ्य समाचार आम नागरिकमा पु¥याउने र राष्ट्र निर्माणमा एउटा दरिलो माध्यम बन्ने सोचका साथ नयाँ वर्ष २०८१ आगमनसँगै देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मनहरुमा शुभकामना व्यक्त गर्दै यो पहिलो भेट अनलाइन (abadharana.com) मार्फत सम्प्रेषण गर्न गइरहेका छौँ ।

यो पहिलो अङ्क खासै कुनै समाचार र लेख रचना बेगर नै केबल शुभकामनाका साथ प्रस्तुत भएका छौँ । तपाईहरु जो देश विदेश जहाँ हुनुहुन्छ आफ्नो कर्मक्षेत्रमा भए गरेका सत्यतथ्य समाचारहरु तथा स्तरीय लेख रचना, साहित्यिक खुराकहरुका साथै व्यवसायिक विज्ञापनहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली मनहरुमा हार्दिक अनुरोध गर्दछौँ । साथै हाम्रो यस अनलाईन पत्रिकामा जोडिनुभएका कर्मचारी तथा सहयोगी मित्रहरुमा इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न समेत अनुरोध गर्दछौँ । आशा छ सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार