सामाजिक सञ्जालमा टिकटकप्रतिको क्रेज

भाद्र ११, २०८२, बुधबार यतिवेला सामाजिक सञ्जालका वालहरु छरपष्ट रुपमा टिकटकप्रेमीहरुको क्रियाकलापको संगालोले भरिएको भेटिन्छ । युवायुवतीदेखि बुढापाका तथा ससाना बालबालिकाहरुको समेत टिकटकमा सहभागिता देखिनुले कतै यस्ता गतिविधिहरु स्वयम् टिकटकरहरुका लागि कुनै वेला घातक सावित हुने त होइन ? प्रश्न महत्वपूर्ण रुपमा देखा परेको छ ।

टिकटकको नाममा विभिन्न छाडा व्यवहार तथा अभिव्यक्तिहरु त्यतिकै रुपमा युट्युवहरुमा सम्प्रेषण गर्ने गरिएको छ । भाइरल हुने उद्देश्यले यस्ता अस्लिल शब्दहरु तथा अनेकन असभ्य व्यवहारहरुका भिडियोहरु सार्वजनिक हुँदा उनीहरुका परिवारका सदस्यहरुलाई इज्जत जोगाउन हम्मे पर्ने त देखिन्छ नै सँगै आजका कलिला बालबालिकाहरुले त्यस्ता गतिविधि तथा अश्लिल शब्दहरुको प्रयोग भएको भिडियो हेर्न थालेपछि भविष्यमा उनीहरुमा पर्नसक्ने नकारात्मक प्रभावले शैक्षिक तथा सामाजिक सहभागितामा समेत प्रत्यक्ष प्रभाव पार्ने स्पष्ट छ ।
बजारमा देखिने दृश्यहरु जो पसलमा बस्छन्, चिया पसल तथा खाजा पसलहरुमा बस्दा होस् वा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु समेत आफ्नो जिम्मेवारीमा रहेका कामहरु छाडेर हातमा मोवाइल लिएर टिकटक बनाउन तथा सम्प्रेसित टिकटक हेर्नमा दत्तचित्त लाग्दछन् र मनोरञ्जनमा रमाउँछन् । हुन त सफल टिकटकरहरुले आर्थिक रुपमा केही सफलता हासिल गरेका उदाहरणहरु पनि हाम्रा सामु देखिएका छन् । तर ती पात्रहरु भनेका एउटा उदाहरणका लागि मात्र हो । एकतिर कसैले कमाएको देखिएको छ भने अर्कोतिर कमाउनेहरुलाई पनि त कसैले दिएको हुन्छ नि ! विभिन्न गिफ््टहरुको नाउँमा । कहिले विग म्याच त कहिले अन्य कुनै प्रकारको प्रलोभवन देखाएर टिकटक कम्पनीले मानिसहरुलाई लालच बढाउने काम गरिरहेको छ । अनि कमाएकाहरुले पनि त कमाउनु भन्दा पहिले अरुलाई गिफ्टहरु दिएर फकाएका हुन्छन् अनि मात्र अरुबाट आपूmले दिएको भन्दा धेरै प्राप्त गर्दछन् । त्यसरी कमाउनका निम्ति लगानी गर्न सक्ने हैसियत भएका व्यक्तिहरु मात्र टिकटक लाइफमा सफल भएका छन् । त्यसको ज्वालन्त उदाहरण हो आजभन्दा करिब एक हप्ता अगाडि भएको विग म्याच जित्न सफल भएका नेपाली टिकटकर अमित गिरी । उनले पाँच मिनेटको दौरानमा करोडौँ कमाए भन्ने सुनिन्छ । उनी आफैँ लामो समयदेखि विदेशमा रहेर मनग्य आर्थिक उन्नति गर्न सफल भइसकेका पात्र हुन् । त्यसैले उनले टिकटक लाइभमा बसेका सदस्यहरुका लागि क्वाइनहरुको व्यवस्था गरेर प्रलोभन देखाउँदै टिकटके भाषामा भन्ने हो भने ट्यापट्याप, लाइक, सेयर, रोज जस्ता कुराहरु माग्ने र ती प्रत्येक गतिविधिबाट उनीहरुलाई फाइदा हुने देखिन्छ । त्यस्तै अमित जस्ता चर्चित र आर्थिक रुपमा सम्पन्न टिकटकहरुले अरु टिकटकरलाई पनि समय समयमा गिफ्टहरु प्रदान गरिरहेका हुन्छन् । किन कि त्यो सब गर्न उनीहरु सक्षम छन् । तर अन्य पात्रहरुको हकमा टिकटक केबल एउटा टाइमपास गर्ने र मनोरञ्जन प्राप्त गर्ने साधन सिवाय केही हुनेवाला छैन ।
तसर्थ टिकटकप्रेमीहरुलाई आग्रह लाखौँ टिकटकप्रेमीहरुको बिचबाट एक जना सदस्यको सफलतालाई उदाहरण बनाएर आपूmलाई पनि त्यस्तै सफल बन्न सक्ने काल्पनिक सपनामा नबग्न र बरु त्यसरी टिकटकमा बिताएको समयलाई अन्य क्रियाकलापमा खर्च गरेमा आफ्नो सुरक्षित भविष्यको निर्माणका साथै घरपरिवार र बालबच्चाहरुको सही रेखदेख हुने र उनीहरुको उज्वल भविष्यको तयारी गर्न सकिने यथार्थलाई बुझ्न आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार