थिति खोज्दा कतै मिति नै मेटिने त होइन ?

WhatsApp Video 2025-06-12 at 19.02.53_3006ab22

जेन जी आन्दोलनको फाइदा लुट्ने केही अवसरवादीहरुको समूहले जेन जी को नाममा देशभर आगजनी र लुटपाटमा सक्रियता बढाइरहेका छन् । यति सम्म कि सार्वजनिक सम्पतिमाथि गर्नुका साथै जेलहरुमा हस्तक्षेप गरी कैदीहरुलाई भगाउनमा सहयोग गरिरहेका छन् । यस्ता कार्यहरुले एकतिर सिंगो देशको आर्थिक तथा भौतिक क्षति त भएको छ नै सँगै आपराधिक गतिविधिमा वर्षौदेखि कैदी जीवन बिताइरहेका चोर डकैती ज्यान उद्योगमा सजाय भोगिरहेका असामाजिक व्यक्तिहरु आज जेल मुक्त भएर पुन अर्को आपराधिक गतिविधिको खोजी गर्न थालिसकेका छन् । यदि यस खालको अवस्थालाई नियन्त्रण गर्न नसक्ने हो भने आपूmाई स्वतन्त्रता खोज्ने बहानामा कतै हामीले आफ्ने परिचय नै त गुमाउँदै छैनौँ ? सवाल निकै गम्भिर देखिएको छ । हामी सम्पूर्ण राष्ट्रभक्त र जिम्मेवार नागरिकले यस बारेमा वेलैमा सोच्नु पर्ने भएको छ । अन्यथा समयलाई हामीलाई कदापी माफ गर्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार