विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारीमा ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग जाँदै छन् । पार्टी नेता सन्तोष बुढामगर, खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेको बताइएको छ ।

नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको बताउँदै यस अघि पनि आयोगमा गएका थियौं । त्यतिबेला आवश्यक कागज पत्र नपुगेका कारण दल दर्ता हुन सकेको थिएन । अब दल दर्ताका लागि कागजपत्र पुर्याएर वकिलहरुसहित बुझ्न जाँदैछौं,’ बुढामगरले बताएका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने सूचना यस अघि नै सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार